८ मंसिर २०८१, शनिबार

कांग्रेसको त्यो एउटा पद, जसको लागि देउवादेखि अर्जुननरसिंह, गगन थापासहित ९ जनाको दावी


अर्जुननरसिंह केसी

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले १४औं महाधिवेशनमा सभापतिको लागि आफूपनि उपयुक्त पात्र भएको बताएका छन्। नेता केसीले उक्त पदमा आफ्नो दाबी रहेको समेत स्पष्ट पारेका छन् ।

नेता केसीले आफ्नो समूहबाट अहिले सभापतिको लागि चर्चामा रहेका नामबीच सहमति हुने र तीमध्येबाट एक जनाको मात्रै उम्मेद्धवारी हुने पनि विश्वास दिलाए ।

नेता केसीले मात्र नभएर अन्य धेरै नेताहरुले पनि सभापतिको उम्मेदवारमा उठ्ने दावी गर्दै आएका छन् । गगन थापा, प्रकाशमान सिंह, शशांक कोइराला, रामचन्द्र पौडेलसहित ८ देखि १० जनासम्मले दावी गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !