३ असार २०८१, सोमबार

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर किन निस्किए ओली ?


नेकपा स्थायी कमिटी

काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् । ओलीले बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेर निस्किएका हुन् ।

ओलीले आफ्नो मात्र कुरा राखेर निस्किएको बुझिएको छ । प्रचण्डलाई अध्यक्षता गर्न भनेर जानुलाई ओलीले पार्टीको जिम्मेवारी सुम्पिएको रुपमा लिइएको छ ।

पार्टी विवाद समाधान गर्न भएको सहमितलाई लागू गर्न ओलीले बैठकको अध्यक्षता प्रचण्डलाई गर्न भनी बाहिर निस्किएका हुन् । बैठकमा आज १५ वटा एजेन्डामाथि छलफल हुने तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !