१२ बैशाख २०८१, बुधबार

ओली सरकारको काम निषेधाज्ञा घोषणा गर्ने र साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने मात्र हो – गगन थापा


गगन थापा

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोना महामारीको समयमा ओली सरकारको उपस्थिति दुई स्थानमा भेटिएको बताएका छन् । चीनवाट महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा नेपालमा पनि अहिले निषेधाज्ञा आजसम्म जारी छ । तर यो निषेधाज्ञालाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय भैसकेको छैन । यहि विषयमा पुर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केबल दुई स्थानमा भेटिएको बताएका हुन् ।

नेता थापाले एक स्टाटस लेख्दै भनेका छन्, “आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केबल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्र.जि.अ. को रुपमा र दोस्रो साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रुपमा । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आईसोलेसनमा छ । संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आम-नागरिक र जन-प्रतिनिधिको कुरा सरकारसम्म पुर्‍याउने सब माध्यम बन्द छन्, अनि प्र.जि.अ. को घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु पर्ने ?”

यस्तो छ उनको फेसबुक स्टाट्स


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !