१४ जेष्ठ २०८१, सोमबार

मंसिर १० गते स्थगित रुकुम पश्चिमका दुई मतदान स्थलमा आज पुन:मतदान सम्पन्न


re election

१५ मंसिर रुकुम । पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते स्थगित रुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ। मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो।

गत मंसिर १० गते मतदानका क्रममा मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो।
नेपाल राष्ट्रिय मावि गत्तसैनाको मतदान केन्द्रमा ७५६ मतदाता रहेकामा ३२१ मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिए। यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट– ५ को मतदान केन्द्रमा ६७२ मतदाता रहेकामा ३९७ मत खसेको उक्त मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए।
मतदान गर्न जाने मतदातालाई समेत जाँचपछि मात्र मतदानस्थलमा प्रवेश गराइएको मतदान अधिकृतले जनाएका छन् । फेरि तेजाबलगायत आक्रमण हुन सक्ने जनाउँदै प्रहरीले कडा सुरक्षा दिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !