८ मंसिर २०८१, शनिबार

ओलीलाई थप शक्तिशाली बनाएको भन्दै ओली र प्रचण्डविरुद्ध खरो रुपमा प्रस्तुत हुने नेता नेपालको चेतावनी !


माधव कुमार नेपाल

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । तर उक्त प्रतिवेदनप्रति रिष्ठ नेता माधव कुमार नेपाल रुष्ट छन् । प्रतिवेदनले ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै नेता नेपाल रुष्ट छन् । नेता नेपालले आफूनिकट नेताहरुसँग प्रतिवेदन स्विकार्य नहुने भन्दै सचिवालयमा खरो रुपमा प्रस्तुत हुनेबारे जानकारी गराईसकेका छन् ।

कार्यदलमा भीम बहादुर रावल र सुरेन्द्र पाण्डेको भूमिकालाई लिएरपनि नेता नेपाल असन्तुष्ट छन् । उनीहरुले मन्त्री बन्ने लोभमा विधि र प्रक्रियाको कुरा जोडदारसँग उठाउन नसकेको उनको गुनासो छ । नेता नेपालले एक व्यक्ति, एक मुख्य पदको एजेण्डा लागु गर्नुपर्ने, र विधि र पद्धतीअनुसार पार्टीलाई चलाउने कुरामा कुनै सम्झौता नहुने भन्दै आगामी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !