८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्रीको आलोचना गर्दै उपाध्यक्ष गौतमले भने, “म ओलीको पक्षमा छैन्”


काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि विवाद आजबाट झनै नयाँ मोडमा पुगेको छ । ओलीले बैठक स्थगित् गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले बैठक सुचारु गरेको हो ।

आजको बैठकमा अधिकांश सदस्यहरुले अध्यक्ष ओलीले एकतर्फी बैठक स्थगित गर्नु उचित नभएको धारणा राखेका थिए । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्धय ओली र दाहाललाई बुझाएको आफुनो ६ बुँदे प्रस्तावको बारेमा व्याख्या गरेका थिए । उनले आफू ओलीको पक्षमा नभएको समेत प्रष्टीकरण दिएका थिए । तर, कुनैपनि हालतमा पार्टीलाई फुटबाट जोगाउनुपर्ने उनको तर्क थियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !