१५ असार २०८१, शनिबार

प्रचण्ड र माधवलाई बामदेवले भने, ‘‘तपाईंहरूको गतिबिधिले मुख देखाउन लायक भएनाैँ’’


नेपाल सरकारको सिफारिसमा

१३ साउन, काठमाडाैँ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको बेला सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लामो समयदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बालुवाटारमा सकिएको छ । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका थिए ।

उक्त बैठकमा पार्टी उपाध्यक्ष बामदेव गाैतमले पार्टी फुटाउने नियतले गतिबिधि नगर्न अनुरोध गरेका छन । दुबै अध्यक्षलाई दिएको ६ बुँदे प्रस्तावबारे ब्याख्या गर्दै उपाध्यक्ष गौतमले प्रचण्ड नेपाल समूहले पार्टी दुर्घटनामा धकेल्न खोजेको भन्दै आपत्ति जनाए ।

उनले आफ्नो प्रस्ताव अनुसार दुबै अध्यक्षले सहमति गरेर पार्टीका गतिबिधि अघि बढाउनुपर्ने बताएका छन । भेलामा एकछिन कड्किए गौतमले प्रचण्डप्रति आक्रोश पनि व्यक्त गरे । उनले भने, ‘‘ओलीसँग तपाईंहरुको हुने पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ? तपाईंहरूको गतिबिधिले मुख देखाउन लायक भएनाैँ ।’

नेकपाभित्र पुगेको चरम विवाद चर्किँदै जाँदा उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे सुझाहरु अघि सारेका हुन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई भीम रावलले भने, “तपाईंहरू पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !