२० जेष्ठ २०८१, आइतबार

डडेल्धुरामा चुनावी चहल-पहल तिब्र, प्रचार सामाग्रीले झिलिमिली


dadeldhura-election

कात्तिक २६, डडेलधुरा । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ को डडेल्धुरामा चुनावी चहल–पहल तिब्र रुपमा अघि बढेको छ । छैठौं पटक उम्मेवारी दिएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकामलगायत ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेको छ ।
डडेल्धुरामा राजनीतिक दलहरुले प्रचारप्रसार तिव्र पारेसँगै निर्वाचन प्रचार सामग्रीले गाउँ÷शहर सबै झिलिमिली हुन थालेका छन् । बाम गठबन्धन र नेपाली काँग्रेसले गाउँ र नगरस्तरीय चुनावी भेटघाट तथा सभा गर्न थालेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांंग्रेस, वाम गठबन्धन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय दलित मुक्ति पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन पार्टीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !