७ मंसिर २०८१, शुक्रबार

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न कार्यदलको सिफारिस


सरिता गिरी फाइल फोटो

काठमाडौँ, असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो । जस अनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दावी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन् ।

सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक आज मंगलबार दिउँसो नै बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !