१५ असार २०८१, शनिबार

राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ : प्रधामन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ, असार २० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग बालुवाटारमा बोलाएर समसामयिक सन्दर्भमा परामर्श लिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरु र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए ।

आज अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका थिए भने भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताएका छन् । उनले त्यसका लागि सोच्ने समय पनि दिएका छन् । उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न भनेका हुन् । आजको बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले अहिले ठूलो षड्यन्त्र भइरहेको जानकरी दिएको उनले बताएका छन् ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफूलाई दुवै पदबाट हटाउने तयारी भएको बताएका थिए । साथै प्रधानमन्त्रीले तपाईहरु कसको पक्षमा हुने कि मेरोको विपक्षमा जाने भन्ने बारेमा आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस् भनेको ती मन्त्रीले बताए ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि आजको बैठकमा मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङ लगायतले बोलेका थिए । मन्त्री पार्वत गुरुङ प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत पुर्‍याउने बताएको ती मन्त्रीले जानकारी दिएका छन् । मन्त्री वर्षमान पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए ।

बैठकमा सहभागी ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनु भनेका थिए । प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै ती मन्त्रीले भने, ‘क-कसलाई के ईच्छा छ निर्णय गर्न समय छ । अहिलेसम्म केही भइसकेको त छैन । तर अवस्था ठीक पनि छैन । आवश्यकता पर्‍यो भने मुख खोल्नुपर्ला ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन् । प्रचण्ड-नेपाल समुहका नेताहरु प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । प्रचण्ड निवास खुमलटारमा छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीज्यूद्वारा मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग परामर्श लिन बालुवाटारमा बोलाइएको बैठक सकियो

प्रचण्ड-नेपाल समुहका नेताहरुको बैठक पनि खुमलटारमा जारी

प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे शीतल निवास, मन्त्रीहरुलाई बोलाए बालुवाटार

वामदेवलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !