७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा ओली-प्रचण्ड निर्णायक वार्ता शुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी


बालुवाटारमा ओली-प्रचण्ड निर्णायक वार्ता शुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी

काठमाडौँ, असार १९ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज शुक्रबार निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि दुई अध्यक्षहरूबीच शुरु भएको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच केही समयअघिबाट निर्णायक वार्ता सुरु भएको हो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए । जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ ।

अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् । गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि विवाद थप उचाइमा पुगेको थियो ।

स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवेशन अन्त्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधिवेसन अन्त्यको निर्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !