६ बैशाख २०८१, बिहिबार

बालुवाटारमा प्रधानमन्त्रीबिनै नेकपा स्थायी समिति बैठक शुरू


नेकपा स्थायी समिति बैठक

काठमाडौँ, असार १८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको हो ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।

प्रधानमन्त्री मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !