१३ बैशाख २०८१, बिहिबार

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


मन्त्रिपरिषद्

काठमाडौं, असार १५ । नेपाल सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक सकिएपछि अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ एक मन्त्रीले जानकारी दिएका छन् । उनका अनुसार संघीय सरकारसँग समन्वय गरेर प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँ अनुसार लकडाउन कडाई र खुकुलो बनाउन सक्छन् ।

यो निर्णय अनुसार सार्वजनिक सवारी साधन चल्ने छैनन् भने उद्दार बाहेकका अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बबन्द हुनेछन् । निजी सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् ।

साथै सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्स-बार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछन् ।

त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ । अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता सहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ ।

लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढेकाले नाकाहरुमा थप कडाई गर्ने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !