८ बैशाख २०८१, शनिबार

चर्को आलोचनापछि ओली स्थायी कमिटी बैठकमा आधा घण्टापनि नबसी बाहिरिए


स्थायी कमिटी बैठक

काठमाडौं, १३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक जारी छ । बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आधा घण्टापनि नबसी बाहिरिएका छन् । हिजोको बैठकमा त ओली अनुपस्थित् नै भएका थिए । हिजो बैठकमा उपस्थित् नभएको विषयमा नेताहरुले आज आलोचना समेत गरेका थिए ।

अहिले बैठकको अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरिरहेका छन् । ओली बैठकबाट बाहिरिएलगत्तै अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण ओली बैठकमा नबसेको कुरा नेताहरुलाई जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !