२९ बैशाख २०८१, शनिबार

अब आफू प्रधानमन्त्री बन्ने पालो भएको भन्दै प्रचण्डले भने, “ओलीमा अहंकार बढ्यो”


पुष्पकमल दाहाल

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटिको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । पार्टीका नेताहरु आज ओलीविरुद्ध कुनै न कुनै तरिकाले आक्रामक रुपमा प्रस्तुत भए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता हुँदा एक व्यक्ति एक पद देखि सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेको खुलाएका थिए । यसबाट गल्ती गरेको महशुश हुन थालेको बताए । प्रधानमन्त्री ओलीमा अहंकार बढेको र एकलौटी ढंगले चल्न थालेको प्रचण्डको आरोप थियो । ओलीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति उल्लंघन गरेको आरोप लगाए । उनले घुमाउरो तरिकाले अब आफू प्रधानमन्त्री बन्ने पालो भएको दाबी गरे ।

प्रचण्डले एकताका बेला एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने सहमति भएको समेत खुलाए । पाँच वर्ष नै ओलीका लागि छाड्दा आफूमाथि खेलवाट गरिएको बताए । ओलीमा अहंकार बढेको भन्दै विगतमा त्याग गरेर गलत गरेको लाग्न थालेको सुनाए । प्रचण्डले कडा भाषामा भने, ‘अब पार्टी विभाजन र एकतामध्ये एक रोज्ने बेला आएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !