१२ आश्विन २०८१, शनिबार

यस्ता छन् बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका एजेन्डाहरु


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन । केही बेरअघि सुरू भएको बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्दैछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा सरकारका कामबारे पनि समीक्षा हुनेछ । सीमा समस्या र समाधानबारे पनि छलफलका एजेन्डा राखिएका छन् । पार्टी एकता र बाँकी काम, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लगायत एजेन्डामा आज बसिरहेको स्थायी कमिटी बैठकमा छलफल हुनेछन् ।

यस्ता छन् आजको बैठकका एजेण्डाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !