१२ बैशाख २०८१, बुधबार

चाणक्य नीति अनुसार जसले मान्यजनलाई आदर गर्नेको ४ कुरामा निरन्तर वृद्धि


चाणक्य नीति

चाणक्य नीति अनुसार जसले मान्यजनलाई आदर गर्दछ उसले यी चार कुराहरूमा निरन्तर वृद्धि प्राप्त गरिरहन्छ ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।

यस ग्रन्थमा संग्रहित कतिपय बिचार जीवनोपयोगी छ । कौटिल्यको नामले पनि परिचित चाणक्यले आफ्नो नीतिको माध्यमले सबै समस्याको समाधान बताएका छन् । मनुष्यको जीवनमा यी नीति सर्वश्रेष्ठ साबित छन् ।

अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।।

अर्थ – जसले नित्य आफ्ना मान्यजनलाई आदरपूर्वक अभिवादन गर्छ उसले यी चार कुराहरूमा निरन्तर वृद्धि प्राप्त गरिरहन्छ – १. आयु, २. विद्या, ३. यश र ४.बल । आफ्नो घर परिवारका मान्यजनको आशीर्वादले आयु र स्वास्थ्य, वृद्धहरूको संगत गर्नाले ज्ञान, इष्टमित्रहरूको सहयोगले धनसम्पत्ति, र साथ पाउंदा बल बढ्छ । आफुभन्दा उमेरमा जेठा सदस्यहरूलाई असम्मान गर्ने व्यक्तिले सफलता प्राप्त गर्न सक्दैन । यी गुण नभएको व्यक्ति जतिसुकै योग्य भए पनि उसको उन्नतिमा बाधाहरु आउंछन् । मान्य जनको शुभकामनाले यी बाधाहरूबाट सजिलै पार पाइन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !