१३ बैशाख २०८१, बिहिबार

भारतले लिपुलेक हुँदै निर्माण गरेको विवादित सडक (फोटो फिचर)


लिपुलेक सडक

२७ वैशाख, काठमाडौं । भारत सरकारले नेपालको भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । आज परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको बताएका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तराखण्डदेखि नेपालीभूमि लिपुलेक जोड्ने सीमासडक उद्घाटन गरेको भोलिपल्ट अर्थात् आज शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर महाकालीपूर्वका लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूभाग रहेको स्पष्ट पारेको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

लिपुलेक सडक

लिपुलेक सडक

लिपुलेक सडक

लिपुलेक सडक

लिपुलेक

तस्वीर : नरेन्द्रसिह कार्की (रासस)

यो पनि पढ्नुहोस्

भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !