११ असार २०८१, मंगलबार

यस्तो बन्नेछ झापाको गौरादह कृषि पर्यटन क्षेत्र (फोटो फिचर)


गौरादह कृषि पर्यटन क्षेत्र

यस्तो बन्नेछ झापाको गौरादह कृषि पर्यटन क्षेत्र । गौरादह झापाको पुरानो बजार हो । झापाको गौरादह बजारस्थित गहिरो दह पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । स्थानीयको जग्गा एकीकृत गरेर चाक्लाबन्दि मार्फत ८० बिगाह जमिनमा यहाँ सामुहिक सहकारी खेती हुँदै आएको छ । बिभिन्न उन्नत प्रजातीका कृषि बीउ बिजन उत्पादन गर्ने र किसानसम्म पुर्याउने कार्य गर्दै आएको अवस्थामा केहि समयअघि कृषि पर्यटन क्षेत्र घोषणा भएपछि पर्यटकीय पुर्वाधार बनाउन थालिएकोे छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अनुसार झापा जिल्लाको गौरादह नगरपालिका-५ मा संचालित नमुना सहकारी खेतीलाई छनोट गरेको हो ।

माछापालनका लागि बनाइएका ठूला जलाशय र त्यसको वरिपरि सजाइएका बगैंचाका कारण हेभन वाटर पार्क झापाको रमणीय पर्यटकीय गन्तब्य बन्न पुगेको छ । पोखरीमा नौका विहार गर्न, बगैंचामा सेल्फी खिच्न र माछा हेर्न यहाँ टाढा टाढादेखि दिनहुँ सयौँ व्यक्ति आउने गरेका छन् । यहाँका ११ पोखरीमध्ये ठूला दुईमा चार वटा डुङ्गा राखिएका छन् । पोखरीको पूर्वी ढोका नजीक माछाको ठूलो चित्राकृति समेत राखेर रमणीय बगैंचा निर्माण गरिएको छ । पार्कमा जलाहारीले माछा निकालेको र भण्डारण गरिएको प्रत्यक्ष अवलोकन गर्न दिइने व्यवस्था मिलाइएका कारण माछा मारेको रमाइलो दृश्य हेर्न सकिन्छ ।

पोखरीको सफाई, स्तर वृद्धि, भ्युटावर निर्माण, मन्दिर निर्माण, आकाशे पुल, बोटिङ आदी योजना रहेका छन् । माथिल्लो किस्ने खोलाको पानी यही पोखरीमा आएर जम्मा हुने हुँदा पानीको स्रोत पर्याप्त छ । भूमिगत स्रोतबाट पनि पानी आउने हुँदा यो क्षेत्रलाई सिमसारकै रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । गौरादह दमक नगरपालिका र गौरीगञ्जको मध्य भागमा रहेको छ । यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ । गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानुपर्छ । गौरादह बजारमा सुन्दर पोखरीहरु रहेका छन ।

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

गौरादह कृषि पर्यटन क्षेत्र

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !