८ बैशाख २०८१, शनिबार

तस्वीरमा हेर्नुस् सिंहदरवारमा प्रधानमन्त्रीको रुपमा प्रचण्डको तेस्रो इन्ट्री


प्रचण्डको तेस्रो इन्ट्री

काठमाडौँ । सिंहदरवारमा प्रधानमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज तेस्रो इन्ट्री गरेका छन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएर सिंहदरवार प्रवेश गरेका हुन् । यसअघि उनी २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर आज साँझ पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गरे ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरे । त्यसलगत्तै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक मा गएका थिए ।

प्रचण्डको तेस्रो इन्ट्री प्रचण्डको तेस्रो इन्ट्रीप्रचण्डको तेस्रो इन्ट्रीप्रचण्डको तेस्रो इन्ट्रीप्रचण्डको तेस्रो इन्ट्रीप्रचण्डको तेस्रो इन्ट्रीप्रचण्डको तेस्रो इन्ट्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !