१४ बैशाख २०८१, शुक्रबार

पशुपतिनाथ हुने आरतीमा ओली सहभागी हुँदा जे देखियो (फोटो फिचर)


पशुपतिमा आरतीमा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा ओली पशुपतिनाथ पुगेका थिए ।

पशुपति परिसरस्थित वाग्मती किनारामा आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा हुने विशेष सन्ध्याकालीन आरतीमा ओली सोमबार साँझ प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन् । आज त्यहाँ पाँचजना पण्डितले विशेष आरती गरेका छन् ।

यस्तो विशेष आरती हरितालिका तीज, महाशिवरात्रिलगायतका विशेष अवसरमा मात्र हुने गरेको छ । वाग्मती किनारामा प्रत्येक दिन सन्ध्या आरती हुँदै आएको छ । आरती हेर्न ठूलो संख्यामा मानिसहरु भेला हुने गरेका छन् ।

पशुपतिमा आरतीमा ओली पशुपतिमा आरतीमा ओली पशुपतिमा आरतीमा ओली पशुपतिमा आरतीमा ओली पशुपतिमा आरतीमा ओली पशुपतिमा आरतीमा ओली पशुपतिमा आरतीमा ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !