१२ बैशाख २०८१, बुधबार

एमाले महाधिवेशनका लागि चितवनमा उर्लियो जनसागर (फोटो फिचर)


चितवनमा उर्लियो लाखौंको जनसागर

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा आजवाट शुरु हुँदैछ । एमालेको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ ।

एमालेको महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनार नारायणगढमा हुन लागेको हो भने बन्द सत्र सौराहामा हुनेछ । भव्य तयारी सकिएको महाधिवेशन नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगरी सौरहामा बन्दसत्र हुनेछ ।

नेकपा एमालले ५ लाख भन्दा बढी कार्यकर्ता चितवन उतार्ने बताएको छ । महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली लगायत अधिकांश नेता कार्यकर्ता चितवन आइपुगेका छन् । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ ।

एमालेका नेता तथा कार्यकर्ताहरूले उद्घाटन अघि नै नारायणी नदी किनार भरिभराउ भएको छ । आज बिहानैदेखि सडकमा कम सवारी चलेका छन् । महाधिवेशनमा भाग लिन आउनेहरूको सवारी साधन मात्रै सडकमा देखिएको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र अघि विशाल र्‍याली निकालिएको छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कन थालेको थियो ।

चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर चितवनमा उर्लियो लाखौंको जनसागर

तस्वीर सौजन्य : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !