१३ बैशाख २०८१, बिहिबार

यसरी भित्र्याइयो हेर्नुहोस् हनुमानढोकाको दशैँघरमा फूलपाती (फोटो फिचर)


फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयो

काठमाडौँ । काठमाडौँस्थित हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हो । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ ।

फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयोफूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयोफूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयोफूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याइयो

तस्वीर सौजन्य : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !