१४ बैशाख २०८१, शुक्रबार

टुँडिखेलमा भएको फूलपाती बढाइँमा जे देखियो (फोटो फिचर)


टुँडिखेलमा भएको फूलपाती बढाइँ

काठमाडौँ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो ।

सो अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास सहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी थिए ।

मन्त्रिगण, सवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित थिए ।

बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गर्नुभयो । फूूलपाति बढाइँको नेपाल टेलिभिजन लगायतका विद्युुतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।

टुँडिखेलमा भएको फूलपाती बढाइँराष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकनटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँटुँडिखेलमा भएको फूलपाती बढाइँ

तस्वीर सौजन्य : रत्न श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु