१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास गर्दा जे देखियो (फोटो फिचर)


प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको हिजो शिलान्यास गरेका छन् ।

नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । ५०० घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पतालका रुपमा रहने विश्वास गरिएको छ ।

शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताका लागि सेनाको गौरवपूर्ण योगदानको इतिहास रहेको बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए । अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा छ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार करिब २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालबाट सात वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा आउने छ ।
प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यासप्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु