८ पुस २०८१, सोमबार

यसरी शुभारम्भ भयो देशभर कोरोना विरुद्धको खोप अभियान (फोटो फिचर)


यसरी शुभारम्भ भयो देशभर कोरोना विरुद्धको खोप अभियान

काठमाडौँ । आज कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । नेपालमा कोरोना संक्रमण सुरु भएको १ वर्षपछि खोप अभियान सुरु भएको हो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार बालुवाटारवाट भर्चुअल माध्यमबाट खोप अभियान शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी लगायत मन्त्री सहभागी भएका थिए । उनले कोरोना विरुद्धको खोप यथाशीघ्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देशका विभिन्न १२० खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने मन्त्री त्रिपाठीको भनाइ छ । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा ४ लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।
कोरोना विरुद्धको खोपको आज प्रधानमन्त्री ओलीले गरे शुभारम्भप्रम ओली सम्बोधन स्वास्थ्यमन्त्री त्रिपाठी शुभारम्भ कार्यक्रममाप्रदेश नं १ का सामाजिक विकासमन्त्री हिक्मत कुमार कार्की कोशी अस्पताल ‘कोभिड–१९’उपचार केन्द्र विराटनगरमा बुधबार कोभिडविरुद्धको खोप शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कोरोनाविरुद्धको खोपबागलुङमा कोभिडविरुद्धको खोप शुभारम्भकोरोनाविरुद्धको खोपतनहुँमा कोभिड विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा दिवाकर पराजुली कोभिडविरुद्धको खोप लगाउँदै तनहुँमा कोभिडविरुद्धको खोप लगाउँदै तनहुँको दमौलीमा कोभिड विरुद्धको खोप स्वास्थ्यकर्मी जिल्ला अस्पताल लमजुङमा कोभिडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दास कोशी अस्पताल ‘कोभिड–१९’ उपचार केन्द्र विराटनगरमा कोभिडविरुद्धको खोप ‘कोभिशिल्ड’

तस्वीर सौजन्य : रासस

यो पनि पढ्नुहोस्

कोरोना विरुद्धको खोपको आज प्रधानमन्त्री ओलीले गरे शुभारम्भ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !