काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ।
‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बत्ती छलफल चलिरहेको छ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सबैको धारणा आइसकेपछि एउटा निर्णयमा पुग्ने भन्दै प्रवक्ता महतले अन्य दलसँग गठबन्धन गरेर चुनावमा गए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरे पनि धेरैभन्दा धेरै पालिका र वडामा अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्यहरूको धारणा आइरहेको बताए ।
बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल सरकारको निरन्तरतासँग पनि जोडेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।