७ बैशाख २०८१, शुक्रबार

चुनावी ‘भाषण’ बन्दै एमसीसी


शेरबहादुर देउवा

काठमाडौं । सरकारले संसद्बाट पारित गराएको एमसीसी राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ ।

सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् ।

एमसीसी संसद्बाट पारित गर्ने नगर्ने विषयमा सत्तारूढ दलहरू लामो समयसम्म विभाजित बनेका थिए भने प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेकपा एमालेले एमसीसीमा मौन समर्थन गरेको थियो ।

यतिबेला भने दलका नेताहरू सोही विषयमा जनताबीच चुनावी कार्यक्रममा गएर र सामाजिक सञ्जालमार्फत फेरि बोल्न थालेका छन् ।

नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन केन्द्रित विशेष अभियान सञ्चालनका क्रममा छ ।

कांग्रेसले २९ फागुनबाट २९ चैतसम्म एकमहिने चुनावी अभियान नै घोषणा गरेर गाउँ पसिसकेको छ । उसले एमसीसीका विषयमा जनताबीच छरिएका भ्रमलाई अभियानमार्फत नै चिर्ने नीति लिएको छ ।

सोही क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटमा आयोजित पार्टीको कार्यक्रममा एमसीसीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अभिव्यक्तिलाई लिएर बोलेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !