११ मंसिर २०८१, मंगलबार

आगलागी जोखिमलाई दृष्टिगत गर्दै चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना


हाइड्रेन्ट

काठमाडौं । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ ।

मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा फायर हाइड्रेन्ट जडान गरिसकेको छ ।

बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि फायर हाइड्रेन्ट प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै फायर हाइड्रेन्ट जडानसमेत सुरु गरिएको जानकारी दिए ।  आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !