४ जेष्ठ २०८१, शुक्रबार

करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्सको कब्जामा


जग्गा

काठमाडौं । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ ।

ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो ।

क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ ९बालकुमारी मन्दिर छेउको बाटो हुँदै चक्रपथ जाने बाटोतर्फ० बाँकी रहेको करिब ६ आना जग्गामा पिलरसहितको करिब लम्बाइ ५२ फिट र चौडाइ १८ फिटको भौतिक संरचना निर्माण भइरहेको छ ।

गुठी संस्थान जग्गा धनी, गुठी तैनाथी र बालकुमारी गुठी उल्लेख भई तैनाथी लालपुर्जा रहेको सो जग्गामा अनधिकृत रूपले प्रयोग र भौतिक संरचना बनाउने कामको अगुवाइ ललितपुर वडा–७ का अध्यक्ष कुलबहादुर महर्जनले गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !