११ आश्विन २०८१, शुक्रबार

निर्वाचन आयोगले बनायो निर्वाचनको आन्तरिक मार्गचित्र


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ ।

यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ ।

‘स्थानीय तह निर्वाचन–२०७९’लाई व्यवस्थित गर्ने क्रममा आयोगले आइतबारबाट नियमित पत्रकार सम्मेलन पनि सुरु गरेको छ ।

हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । सो पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !