१५ जेष्ठ २०८१, मंगलबार

विकास खर्च १६ प्रतिशत मात्र


बजेट

काठमाडौं । चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अर्थात् माघसम्ममा ६० अर्ब ७८ करोड ९६ लाख रुपियाँ विकास खर्च भएको छ । जुन कुल विकास बजेटको १६.०८ प्रतिशत हुन आउँछ ।

चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख विकास बजेट विनियोजन गरेको थियो ।

हालै मात्र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले कुल विनियोजनको ९० प्रतिशत मात्र अर्थात् तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ मात्र विकास बजेट खर्च हुने संशोधित अनुमान गरेको छ ।

विकास खर्च न्यून भएको भन्दै अर्थ मन्त्रालयले बारम्बार मन्त्रालय खर्च बढाउन निर्देशन दिँदै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !