११ आश्विन २०८१, शुक्रबार

नेपाल राष्ट्र बैंकद्वारा विपन्न वर्ग कर्जाको गणना विधि परिवर्तन


नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको गणना विधिलाई परिवर्तन गरेपछि बैंकहरूले तोकिएको न्यूनतम सीमाभन्दा बढी कर्जा देखिएका हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकहरूले कुल ४६ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा गरेको कर्जाको अंश ७ दशमलव ३६ प्रतिशत रहेको छ ।

अघिल्लो आवको यसै अवधिसम्ममा बैंकहरूले कुल कर्जाको ६ दशमलव ६४ प्रतिशत अर्थात २ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएका थिए । यसको तुलनामा चालू आवमा पुससम्ममा १७ दशमलव १ प्रतिशत वृद्धि भएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा यादव हुमागाईंले लेखेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !