११ आश्विन २०८१, शुक्रबार

काठमाडौं-तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने


काठमाडौं । तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण व्यवसायीले सहयोग गर्नुपर्ने र सहायक निर्माताले निर्माण अवधिमै काम सक्नुपर्ने बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

नेपाली सेनाका लागि अवसर र चुनौतीको रूपमा रहेको दु्रतमार्ग २०८१ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनुपर्नेछ । ‘आयोजनाको आवश्यकताअनुरूप सरकारले बजेट उपलब्ध गराएमा, कोभिडजस्ता अप्रत्यासित प्रकोप झेल्नु नपरेमा, मुद्दामामिलाजस्ता कानुनी अडचन नरहेमा, ठेकेदार नभागेमा वा ठेकेदारले बढी समय माग नगरेमा दु्रतमार्ग तोकिएकै समयमा पूरा हुन्छ’ –प्रवक्ता सिलवालले भने ।

साढे चार वर्षभित्र आयोजनाको सम्पूर्ण कार्य पूरा गर्ने गरी हरेक कामको समय तालिका तय गरिएको प्रवक्ता सिलवाले बताए । खोकना, बुङमती र फर्सीडोल क्षेत्रमा जग्गाप्राप्तिमा समस्या रहेको र अन्य स्थानमा कुनै समस्या नरहेको उहाँले जनाए ।

कुल १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ अर्ब रुपियाँ खर्च भई १६ दशमलव ९ प्रतिशत कार्य प्रगति हासिल भएको प्रवक्ता सिलवालले जानकारी गराउनुभयो । उहाँका अनुसार चालु वर्षमा २१ दशमलव २० प्रतिशत कार्य प्रगतिको लक्ष्य तय गरिएको छ ।

दु्रतमार्ग निर्माणको सोच आजभन्दा २७ वर्ष पहिले तय भएको थियो । सो सोचअनुसार २०४९ मा डेनिस सहयोग नियोग डेनिडाले सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०६०–६१ को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले दु्रतमार्ग निर्माणको कुरा उल्लेख गर्नुभएको थियो ।

२०६४ मा एसियाली विकास बैंकले दु्रतमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा दु्रतमार्ग निर्माण गर्न २०६४ मा पहिलोपटक, २०६८ मा दोस्रोपटक र २०७० मा तेस्रोपटक आशयपत्रको सूचना जारी गरेकोमा कुनै पनि कम्पनी छनौट भएका थिएनन् ।यो समाचार नेपाल समाचारपत्र दैनिमा डीबी बुढाथोकीले लेखेका छन्। ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !