४ बैशाख २०८१, मंगलबार

खुल्यो तराईबाट चीन जोड्ने ढोका


चीन र नेपाल

काठमाडौं । कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे ।

हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदी पारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहज भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !