१२ आश्विन २०८१, शनिबार

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी


एमसीसी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ ।

१४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ ।

एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ ।

बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समीक्षात्मक छलफल भएको जनाइएको छ । नेपालमा एमसीसी अनुमोदन हुने कि नहुने भन्ने अन्योलता भइरहेका बेला एमसीसी बोर्ड सकारात्मक देखिएको हो ।

बोर्ड बैठकको वार्षिक समीक्षामा एमसीसी छनोट भएका विभिन्न देशको नीतिगत कार्यसम्पादनको विषयमा छलफल भएको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !