१२ जेष्ठ २०८१, शनिबार

शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सक्नुभएको छैन ।

सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । सत्तारूढ गठबन्धनले सरकाको न्यूनतम साझा कार्यक्रम तयार गरेर मन्त्रीमण्डल विस्तार गर्ने नीति लिए पनि साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।

सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशिस जारी राखेका छन् ।

मंगलबार पनि प्रचण्डले नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । नेता नेपालले प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल विस्तार गरेर अगाडि बढ्न सुझाव दिइससकेका छन् ।

तर, माओवादीका अध्यक्ष प्रचण्डले दैनिकरूपमा नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । उता नेपाल समूहका २२ जना सांसदले सरकारमा सहभागी हुन दबाब दिइरहेका छन् । समाचार नेपाल समाचार पत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !