८ बैशाख २०८१, शनिबार

मधेसको जनमत महन्थ कि उपेन्द्रको पक्षमा ?


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

काठमाडौँ । स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अबको एक वर्षमा हुँदै छ । यसैबीच नेपाली राजनीतिक वृतमा मधेसको जनमत कसको पक्ष हुने चर्चासमेत सुरु भएको छ । निर्वाचन आयोगको निर्णयसँगै मधेसको सशक्त पार्टी विभाजन भएको छ ।

‘महन्थजी परिपक्व र सादगी नेता हो । उहाँ अकस्मात राजनीतिमा नआएको र अरूहरू भने २०६२/६३ पछि राजनीतिमा आएकाले महन्थको तुलना अन्यसँग हुनै सक्दैन,’ नेता शुक्लले भने । अहिले पनि मधेसका मुद्दा ठाकुर–महतोले नै बोक्ने भएकाले मधेसको जनमत पनि उनीसँगै रहेको जिकिर उनले गरे ।

अध्यक्ष यादव निकटका जसपा नेता प्रमोद गुप्ताले पार्टी विभाजन नभएको बताउँदै जसपा मधेसमा झन्झन् बलियो भएको दाबी गरे । पहिलेभन्दा बढी अहिले मधेसमा जसपा बलियो भएको बताउँदै गुप्ताले हिमाल पहाडमा बलियो पार्टी बन्दै गएको बताए ।

तर, राजनीतिक विश्लेषक चन्द्रकिशोर मधेसको जनमत बेग्लै रहेको बताउँछन् । मुद्दाका हिसाबले मधेस एजेन्डा ठाकुर र महतोसँग भएकाले जनमत पनि उतै जाने निश्चित छ । विगतलाई हेर्ने हो भने उपेन्द्रजीको सम्झौता गर्दै सरकारमा जाने तर मधेस मुद्दा बिर्सने बानी छ,’ विश्लेषक चन्द्रकिशोरले भने ।

जसपाका नेता एवं बुद्धिजीवि सत्यनारायण मण्डलले मधेस मुद्दा सम्बोधनका लागि नेताहरू एकजुट हुनुको विकल्प नभएको बताए । विभाजित भएर मधेसका मुद्दा सम्बोधन नहुने बताउँदै उनले अहिले पनि केही नबिग्रेकाले नेताहरूले आत्मालोचना गर्दै पार्टीलाई एकजुट बनाउनुपर्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !