५ जेष्ठ २०८१, शनिबार

नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर


नेपाल एयरलाइन्स

काठमाडौं । सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकैदिनमा फर्किने यात्रुको नयाँ पीसीआर रिपोर्ट चाहिने भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !