३ आश्विन २०८१, बिहीबार

नेप्से परिसूचकको कसीमा अर्थमन्त्री पौडेल


विष्णु पौडेल

काठमाडौं, ३० असोज । पहिलोपटक अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा विष्णु पौडेल २९औं वरीयातमा हुनुहुन्थ्यो । हाल दोस्रोपटक उहाँ ३३औं अर्थमन्त्रीका रुपमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको बागडोर सम्हाल्दै गर्दा पौडेललाई पहिलोपटक राज्यको ढुकुटी हेर्ने जिम्मा मिलेको थियो । उहाँ १९ कात्तिक २०७२ मा पहिलोपटक नेपालको अर्थमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर उहाँसँग चारपटक मन्त्री बनेको अनुभव भने छ ।

यसपालि उहाँ पाँचौंपटक मन्त्री बन्नुभएको हो, अर्थमन्त्रीमा भने उहाँको यो दोस्रो इन्निङ हो । प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको यो दोस्रो इन्निङ हो । जनताले उहाँको कार्यकालमा नेप्से परिसूचक बढेको हेर्न चाहेका छन् । कोरोनाको कारण भए पनि नेप्सेमा के होला भन्ने कसीमा यति बेला अर्थमन्त्री रहनुभएको छ ।

२०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पु¥याएको अवस्थामा उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो भने कोरोनाले थिलथिलो बनाउँदै लगेको यो अवस्थामा पुनः उहाँहरूले नै मुलुकको बागडोर सम्हाल्नुभएको छ । यो उहाँहरु दुवैका लागि अवसर र चुनौती दुवै हो ।

कठिन परिस्थितिमा नेपाली जनता र मुलुकको अर्थतन्त्रलाई सही गन्तव्यसम्म पु¥याउन इतिहासले दुवैलाई बिर्सने छैन, तर यति बेला गरिएका निर्णयले सही गन्तव्य पहिल्याउन नसके इतिहासले माफी पनि दिने छैन ।

शेयर बजारका लागि अर्थमन्त्रीका रुपमा विष्णु पौडेल फापेको नाम हो । यसअघि शेयर बजारले ऐतिहासिक अंकको रेकर्ड कायम गर्दा उहाँ नै अर्थमन्त्रीका रुपमा आसीन हुनुहुन्थ्यो । २०७३ साल साउन १२ गते शेयर बजारले सर्वाधिक अंकको रेकर्ड बनाएको थियो । त्यस दिन नेप्से सूचक १८८१.४५ अंकमा पुगेको थियो ।

उहाँको कार्यकालमा अन्य अर्थमन्त्रीको तुलनामा सबैभन्दा बढी नेप्से सूचक बढेको रेकर्ड पनि छ । उहाँ अघिल्लो पटक अर्थमन्त्री हुँदा नेप्से सूचक ७५३.११ अंक बढेको थियो । त्यसबेला पनि मुलुकको आर्थिक अवस्था अप्ठ्यारो स्थितिमा थियो । तुलनात्मकरुपमा यति बेला अवस्था झन् जटिल छ । शेयर बजारले कस्तो प्रतिक्रिया देला आजको पहिलो कारोबारले बताउला । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !