८ पुस २०८१, सोमबार

मोरङमा शिक्षकबाटै बालिका बलात्कृत


बालिका बलात्कृत

विराटनगर, असोज १९ । कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन् । पढाइलाई घरमै भए पनि निरन्तरता दिन कतिपय अभिभावकले शिक्षक खोजेर छोराछोरीलाई ट्युसन पढाउने गरेका छन् । त्यस्तै एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहले आफूले पढाउनेमध्ये एक नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। साहले उक्त घरमा गएर वैशाखदेखि ११, ९, ४ र ५ वर्षका चार बालबालिकालाई ट्युसन पढाउँदै आएका थिए। त्यही क्रममा उनले शनिबार बालिकालाई बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।

स्कुलकै शिक्षकको सल्लाहमा घरमै ट्युसन पढाउन लगाइएको र अरू बालबालिकाकै अगाडि पढाउने व्यक्तिले छोरीलाई बलात्कार गरेको उनले बताइन्। उनका अनुसार घटनापछि छोरी बाहिरका कोही मान्छे देख्नेबित्तिकै डराएर लुक्ने गरेकी छन्।

प्रहरीले पक्राउ परेका साहविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको छ। पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल लगिएको थापाले बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !