८ मंसिर २०८१, शनिबार

एसएसपी र एसपीलाई दज्र्यानी चिह्न प्रदान


महानिरीक्षक

काठमाडौँ, २१ वैशाख । हालै पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) हरुलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार १९ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख १८ गतेको निर्णयअनुसार २४ प्रहरी नायब उपरीक्षक एसपीमा पदोन्नति हुनुभएको थियो ।

पदोन्नती हुनुभएका सबै प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिह्न प्रदान गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवम् सङ्गठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो ।

बढुवासँगै प्रहरी अधिकृतहरु थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न उहाँले आग्रहसमेत गर्नुभयो । राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैँ उदाहरणका रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्न दृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नसमेत उहाँले निर्देशन दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !