चैत १८, गुल्मी । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न उच्च सर्तकर्ता अपनाउँदै जिल्ला प्रशासन कार्यलय गुल्मीले कार्यालयबाट दिँदै आएको सवारी पास मंगलबारदेखि सामाजिक सञ्जालको प्रयोगमार्फत दिने भएको छ । लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर सवारी चलाउन पाउने र पास जिल्ला प्रशासन कार्यालयमा स्वयं व्यक्ति आएर नलिई समाजिक सञ्जाल फेसबुक म्यासेन्जर, भाइबर र इमेलबाट लिन सकिने जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
उक्त पासका लागि पास लिने व्यक्तिले आवश्यक विवरण पठाउनुपर्ने र अवश्यकताको आधारमा पासको व्यवस्था गरिने पाण्डेले बताए । पासका लागि कारणसहितको निवेदन, सवारी प्रयोग गर्ने व्यक्तिको नाम, कहाँदेखि कहाँसम्म जानुपर्ने र सवारीको ब्लुबुक, सवारी चालक अनुमतिपत्रलगायतको प्रमाणहरु पठाउनुपर्नेछ।