६ जेष्ठ २०८१, आइतबार

कांग्रेसका उपसभापति गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी


bijaya-kumar-gachhedar

२४ फागुन, काठमाडौं । ललिता निवासको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेको थियो । पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !