१२ असार २०८१, बुधबार

सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ : मन्त्री बस्नेत


शक्तिबहादुर बस्नेत

जाजरकोट, १ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ । ”

प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोटशाखाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘पत्रकार आचारसंहिता’ विषयमा छलफल मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

महासङ्घ शाखाको नवनिर्मित भवनको मन्त्री बस्नेत र महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आज संयुक्त उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !