१४ कात्तिक, काठमाडौं । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचारीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ । स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९० हजार बढी कर्मचारीको छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
लोकसेवाले स्थानीय तहमा कर्मचारीको सिफारिस प्रक्रियाको तयारी गरिरहेका अवस्थामा स्थानीय तहले कर्मचारी सिफारिस नगर्न आग्रह गरेका छन् । राजधानी दैनिकमा खबर छ ।