११ मंसिर २०८१, मंगलबार

काठ मिलमा परेर बालकको गयाे ज्यान


durghatana

११ भदौ, नुवाकोट । काठ मिलमा परेर यहाँका एक बालकको ज्यान गएको छ । यहाँको विदुर नगरपालिका–४ बट्टार आँपघारीका तीन वर्षीय सुमिङ श्रेष्ठको आज काठ मिलमा परेर ज्यान गएको हो ।

आफ्ना हजुर बा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको आरोमा चिरिएर बालकको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । परिवारका सदस्यहरु खाना खाइरहेको बेलामा बालक एक्लै मिलमा जाँदा आरोमा चिरिन पुगेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !