१० असार, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३० खुदीमा रु चार करोडको लागतमा क्षेत्रीयस्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ ।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा सभाहलसहितको तीन तल्ले तालीम भवनको संघीय सभासद् खगराज अधिकारीले शनिबार शिलान्यास गर्नुभयो ।
उहाँले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पु¥याउन निर्माणाधीन तालीम केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य दीपक कोइरालाले शहरको सभ्यता खानेपानीसँग जोडिएको बताउँदै पानी शुद्धीकरणका बारेमा उपभोक्तालाई सचेत गराउनुपर्ने बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा मुरारी शर्मा र हरिप्रसाद लामिछानेले तालीम भवनका बारेमा प्रकाश पार्नुभएको थियो । (रासस)