९ मंसिर २०८१, आइतबार

उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक नियन्त्रणमा


पक्राउ

२० वैशाख, दाङ । तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चालक विनोद धौलाकोटी र उनको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो सो मेडिकलमा उपचारका लागि हिँडेर आएकी कुमालले भनेको लक्षणका आधारमा डा. प्रकाश नेपालीले विरामीलाई ट्राइकेन एमपिएस झोल औषधि र पेन्टाप्राजोल सुई दिएका थिए ।

सो औषधि चलाएलगत्तै कुमालको अवस्था गम्भीर भएपछि सो मेडिकलले उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याएको थियो । त्यहाँ पु¥याएलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

पीडित पक्षले घटनाको छानबिन र दोषीलाई कारबाही नगर्दासम्म शव नबुझ्ने बताएका छन् ।

यसैवीच, घटनाको सत्यतथ्य बारेमा शव परीक्षणको रिपोर्ट आएपछि यकिन हुने र आज इलाका प्रहरी कार्यालय, तुलसीपुरमा पीडित पीडकपक्षवीच छलफलहुने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !