६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले भने, ‘सुकुम्बासीको नाममा जहाँसुकै छाप्रो हाल्न अब पाइदैन’


Kp oli

१८ वैशाख, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा एक वैठकमा बोल्दै सुकुम्बासीको नाममा जहाँ सुकै छाप्रो हाल्न अब नपाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने बताएका हुन् ।

उनले भने, ‘अब त्यस्तो चल्दैन । जहाँ पायो त्यहाँ छाप्रो हाल्ने, हामी नागरिक होइनौं हामीलाई हटाउन पाइन्छ ?’ भन्न अब पाइदैन ।’सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै ओलीले त्यसको व्यवस्था सरकारले गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताए । नेपालमा व्यवस्थित शहर नै नभएको भन्दै उनले स्थानीय सरकारहरुले त्यसको पहल गर्नुपर्ने बताए । अस्पताल, शिक्षालय, बजार, मनोरञ्जनस्थल आदि एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने ओलीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !